लामिछाने र जोशीलाई आज अदालतमा पेश गरिदै
काठमाडौं । सहकारी ठगी र संगठित अपराधको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीलाई आज कास्की जिल्ला अदालतमा पेश गरिदै छ ।
लामिछानेलाई गत शुक्रबार पक्राउ गरेर पोखरा लागिएको थियो भने जोशीलाई गत असोज ७ गते पक्राउ गरेर पोखरा लागिएको थियो । जोशीलाई गत असोज १७ गतेबाट लागु हुने गरी २० दिनको म्याद थप भएको थियो । त्यस्तै कास्की जिल्ला अदालतमा आइतबार उपस्थित गराइएका रविको पक्राउ परेकै दिन शुक्रबारबाटै लागु हुने गरी ६ दिनको लागि थप भएको म्याद आज सकिदैछ ।
प्रहरीले लामिछानेलाई आज म्याद थप गरेर बयानका लागि रुपन्देही लैजाने तयारी गरेको बताइएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.