ज्योति गुरुङविरुद्ध रेड कर्नर नोटिस जारी गर्न सिफारिस
काठमाडौं । ललितपुरको मितेरी सहकारीको करोडौं रकम अपचलन भएको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दुई जनाविरूद्ध रेड कर्नर नोटिस जारी गर्न सिफारिस गरेको छ।
सिआइबीले महालक्ष्मीस्थानमा रहेको मितेरी सेभिङ एन्ड क्रेडिड कोओपरेटिभको १४ करोड ८१ लाख रुपैयाँ रकम हिनामिनाको अनुसन्धान गरिरहेको छ ।
सीआइबीले सहकारी ठगीको आरोप लागेकी ज्योति गुरुङविरुद्ध रेड नोटिस जारी गर्न सिफारिस गरेको हो । मितेरी सहकारीले बचतकर्ताको १२ करोड ५९ लाख रुपैयाँ हिनामिना गरेको आरोप छ । सोही सहकारीकी ज्योतिबहादुर भण्डारीविरुद्ध पनि रेड नोटिस माग गरिएको छ । बर्दियाका भण्डारीसँग मिलेमतो गरेर गुरुङले सहकारीको रकम हिनामिना गरेको पाइएको छ ।
ज्योति कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्व श्रीमती हुन् । सहकारी विवाद आएपछि उनीहरुले कागजी सम्बन्धविच्छेद गरेको आरोप लाग्ने गरेको छ ।
सम्बन्धविच्छेद भएपछि पनि गुरुङले सहकारीमा ऋण तिरेको पाइएको छ । सो ऋण तिर्न धनराजले भाटभटेनीका मालिक मीनबहादुर गुरुङसँग ९२ लाख लिएको विषय समेत बाहिरिएको छ ।
मितेरी सहकारीको रकम अपचलन गरेको आरोपमा ज्योति गुरुङ, ज्योति बहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश यादव विरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.