लामिछानेलाई पोखरा पुर्याइयो, आइतबार अदालतमा पेश गरिने

शनिबार, ३ कार्तिक २०८१, ९:४० AM
post-image

काठमाडौं । सहकारी ठगी तथा सङ्गठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिलाई रवि लामिछानेलाई पोखरा पुर्याइएको छ ।

शुक्रबार राति काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुदै विहान ३ बजे पोखरा पुर्याइएको हो ।

लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको प्रहरीले जनाएको छ । 

आज शनिबारको बिदा परेका कारण लामिछानेलाई आइतबार अदालतमा उपस्थित गराइने भएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}