सुनको मुल्यमा आज पनि नयाँ किर्तिमान

शुक्रबार, २ कार्तिक २०८१, १२:४६ PM
post-image

काठमाडौं । सुनको मुल्यले आज पनि नयाँ किर्तिमान बनाएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलाको २ हजारले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६४ हजार ४ सय पुगेको हो ।

यस अघि विहिबार सुन तोलाको एक लाख ६२ हजार ४०० मा कारोबार भएको थियो  ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेर १९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}