दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

बुधबार, ९ असोज २०८१, ८:५९ PM
post-image

काठमाडौं । जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । उनी गत आइतबार विद्युतीय अपराध कसुरमा पक्राउ परेका थिए ।

यसअघि ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएकोमा आज पुनः म्याद थप गरिएको छ ।  प्रसाईलाई प्रहरी बृत्त सिंहदरबारको हिरासतमा राखिएको छ ।  

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}