सुनको मुल्य अहिलेसम्मकै उच्च

मंगलबार, ८ असोज २०८१, ११:५६ AM
post-image

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबार सुन तोलामा ५ सयले बढेर प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको हो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । 

यसअघि सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्यमा तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १९१५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}