सामाजिक सञ्जालमा आउने विश्लेषणलाई आधार बनाएर लगानी नगर्नु- नेप्से

नेपाल स्टक एकसचेन्ज (नेप्से) ले जथाभावी विश्लेषकको पछि लागेर लगानीको निर्णय नगर्न सर्बसाधारणलाई आग्रह गरेको छ ।

Artha Kendra Artha Kendra
सोमबार, ७ असोज २०८१, ३:४५ PM
फन्ट
सामाजिक सञ्जालमा आउने विश्लेषणलाई आधार बनाएर लगानी नगर्नु- नेप्से

काठमाडौ । नेपाल स्टक एकसचेन्ज (नेप्से) ले जथाभावी विश्लेषकको पछि लागेर लगानीको निर्णय नगर्न सर्बसाधारणलाई आग्रह गरेको छ ।

सोमबार नेप्सेले सूचना जारी गर्दै कुनै पनि व्यक्तिलाई विश्लेषकको रुपमा दर्ता वा मान्यता प्रदान नगरेको स्पष्ट गर्दै सामाजिक सञ्जालमा आउने विश्लेषणलाई आधार बनाएर लगानी गर्नु जोखिम हुने बताएको हो ।

नेप्सेले सूचनामा भनेको छ, ‘फेसबुक, ट्विटर, क्लब हाउस जस्ता सामाजिक सञ्जाल वा आमसञ्चारमाध्यममा त्यस्तो विश्लेषकको नाममा आउने विश्लेषणलाई आधार बनाएर लगानी गर्नु जोखिम हुन्छ ।’

साथै नेप्सेले बुझेर मात्र लगानी गर्दा जोखिमबाट बच्न सकिने बताएको छ । 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.