ओरियण्टल होटल्सको लाभांश घोषणा, साधारण सभा पनि आह्वान

शुक्रबार, २८ भदौ २०८१, १२:४५ PM
post-image

काठमाडौं । ओरियन्टल होटल्स लिमिटेड (OHL) ले असोज २०, २०८१ मा २७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ, जसमा लाभांश वितरणसहित विभिन्न एजेन्डामा छलफल गरिनेछ। यो सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा बिहान ११ बजे सुरु हुनेछ। 

यस पटक ओरियन्टल होटल्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि ५% बोनस सेयर र ०.२६३१% नगद लाभांश (करसहित) वितरणको प्रस्ताव राखेको छ। कम्पनीको चुक्ता पुँजी हाल रु. १.१२ अर्ब रहेको छ। बोनस र नगद लाभांश प्रस्तावका लागि असोज ७ गतेदेखि असोज २० गतेसम्म बुक क्लोज हुनेछ, जसअनुसार असोज ६ गतेसम्म सेयरधनी रहेका लगानीकर्ताले मात्र लाभांश पाउन र साधारण सभामा सहभागी हुन सक्नेछन्।

सभामा गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा-नोक्सान, नगद प्रवाहमा छलफल हुनुका साथै आर्थिक वर्ष २०८१/८२ का लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण पनि गरिनेछ।

ओरियन्टल होटल्स लिमिटेडको लाभांश वितरण इतिहास (वितरण गरिएको बोनस र नगद लाभांश):

क्र.सं. बोनस लाभांश (%) नगद लाभांश (%) कुल लाभांश (%) घोषणा मिति बुक क्लोज मिति आर्थिक वर्ष
1 ५.०० ०.२६३२ ५.२६३२ २०२४-०९-१३ २०२४-०९-२३ २०७८/२०७९
2 ०.००  ५.२६३२ ५.२६३२ २०२३-०९-१९ २०२३-०९-२९ (बन्द) २०७९/२०८०
3 ५.०० १०.७९ १५.७९ २०१९-१०-०१ २०१९-१०-१५ (बन्द) २०७५/२०७६
4 १५.०० ११.३२ २६.३२ २०१८-०९-२७ २०१८-१०-०५ (बन्द) २०७४/२०७५
5 १८.०० ६.२१ २४.२१   २०१७-१०-२६ (बन्द) २०७३/२०७४
6 २०.०० ६.३२ २६.३२   २०१६-०९-२२ (बन्द) २०७२/२०७३
7 २०.०० ०.००  २०.००   २०१५-११-१५ (बन्द) २०७१/२०७२
8 १०.०० ०.००  १०.००   २०१४-०९-१८ (बन्द) २०७०/२०७१
यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}