७८:७८ देउवा ७८ वर्ष पुग्दा नेप्सेले देख्यो ७८ अंकको वृद्धि

बिहिबार, २७ भदौ २०८१, ३:२८ PM
post-image

काठमाडौँ । नेप्सेमा आज ७८ अङ्कको वृद्धि भएको छ । विहिबार नेप्सेमा ७८.१७ अङ्कले बढेर २६८८.३८ विन्दुमा रोकिएको छ ।

आज ३१८ कम्पनिको कारोबार हुदा एक करोड ९४ लाख ३३ हजार १५४ कित्ता शेयर ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार ६१२ को खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार आज वीन नेपाल लघुवित्त, ग्रीन भेन्चर, इस्टर्न हाइड्रोरावा इनर्जीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज थ्री स्टार हाइड्रोको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज सबैभन्दा बढी सिइबिडि हाइड्रोको सबै भन्दा बढी ४७ करोड ६५  लाख ८ हजार ९० बराबरको शेयर कारोबार भएको छ ।  त्यस्तै हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्टको सबैभन्दा बढी ९ लाख ९१ हजार १३७ कित्ता शेयर कारोबार भएको छ  ।

साथै आज एउटा रमाइलो संयोग पनि भएको देख्न सकिन्छ। आज नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ७८ औं जन्मदिन मनाउँदै गर्दा नेप्से पनि ७८ अंकले बढेको छ। लगानीकर्ताले यो विषय लिएर सामाजिक सञ्जालमा रमाइलो गरेको देखिन्छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}