पुटिनले गरे कमला ह्यारिसको समर्थन
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कमला ह्यारिसलाई अमेरिकी राष्ट्रपति पदका लागि समर्थन गरेका छन् ।
पुटिनले डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति हुदा रुसमाथि थप प्रतिबन्ध लाग्ने बताएका छन् । उनी अघि कुनै पनि अमेरिकी राष्ट्रपतिले रुसमाथि यति धेरै प्रतिबन्ध लगाएका थिएनन् ।
रुसको भ्लादिभोस्टोक सहरमा आयोजित इस्टर्न इकोनोमिक फोरममा पुटिनलाई अमेरिकी राष्ट्रपतिको रुपमा कसलाई रुचाउनुहुन्छ भनेर सोधिएको थियो ? यस प्रश्नको जवाफमा पुटिनले भने, ‘यदि तपाईले मलाई पहिले सोध्नुभएको भए म राष्ट्रपति बाइडेनको नाम लिने थिए । तर अहिले उनी दौडबाट पछि हटेका छन्, उनले कमला ह्यारिसको नामलाई समर्थन गरेका छन्, त्यसैले म पनि त्यही गर्छु ।'
पुटिनले भने– 'उनी खुल्लमखुल्ला हाँस्छिन् । यसले उनको जीवनमा सबै राम्रै चलिरहेको देखाउँछ । यदि उनले सबै ठीक गरिरहेकी छिन् भने उनले रुसमाथि ट्रम्पले जस्तै प्रतिबन्ध लगाउने छैनन् । हुनसक्छ उनी यस चीजबाट बाँच्नेछिन् ।'
तर, पुटिनले अमेरिकी राष्ट्रपतिको बन्ने भन्ने छनोट गर्ने काम अमेरिकी नागरिकको भएको बताए । पुटिनले अमेरिकी जनताको रोजाइको सम्मान गर्ने बताएका छन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.