यस बर्षको दशैंमा नयाँ नोट वितरण नहुने विकल्पमा सुकिला नोटले काम चलाउने तयारी
काठमाडौँ । यस वर्षको दशैंमा नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने भएको छ। हरेक वर्ष दशैं र तिहार जस्ता चाडपर्वको समयमा नयाँ नोट वितरण गर्दै आएको भए पनि, यस पटक राष्ट्र बैंकले पुरानो तर सुकिला नोट मात्र उपलब्ध गराउने भएको छ। बैंकले यो कदम नोट छपाइमा लाग्ने खर्च कटौती गर्न र डिजिटल कारोबारलाई प्रोत्साहन दिन उठाएको हो।
नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलका अनुसार, नोट छपाइमा ठूलो आर्थिक बोझ पर्ने भएकाले यस्तो निर्णय लिइएको हो। उनले भने, “ठूलो लागतमा छापिएका नयाँ नोट चाँडै फोहोर हुने र त्यसको आयु घट्ने भएकाले यस वर्ष दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट मात्रै दिने तयारी गरेका छौं।”
बजारमा वितरण गरिएका नोटहरू मध्येबाट संकलन गरेर फिर्ता ल्याइएका सुकिला नोटहरू बैंकमार्फत सटही गरिनेछन्। यस्ता नोटहरू नयाँ नोटजस्तै देखिन्छन्, जसले गर्दा चाडपर्वको समयमा नयाँ नोटको अभाव महसुस हुने छैन।
यस पटक पनि राष्ट्र बैंकले ५, १०, २०, ५०, र १०० दरका नोटहरू सटहीको लागि उपलब्ध गराउनेछ। प्रत्येक व्यक्तिले करीब १८,५०० रुपैयाँसम्मका नोट साट्न पाउने व्यवस्था गरिएको छ। नेपाली बजारमा हाल करिब ६ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको नोट चलनमा रहेको छ, जसलाई प्रभावकारी तरिकाले व्यवस्थापन गर्न राष्ट्र बैंकले यस्तो कदम उठाएको हो।
नेपाल राष्ट्र बैंकको यो निर्णयले डिजिटल भुक्तानी प्रणालीलाई थप प्रवर्द्धन गर्ने र नोटको छपाइ खर्चमा कटौती गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। यसले आर्थिक व्यवस्थापनमा स्थिरता ल्याउने र भविष्यमा थप खर्च कम गर्ने दिशा देखाउने अपेक्षा गरिएको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.