बालेनको स्ट्याटस फेसबुकले नै हटाइदिएको सचिवालयको दाबि

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले दुई दिनअघि फेसबुकमा पोस्ट गरेको स्टाटस हटाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएपछि सो पोष्ट फेसबुकले नै हटाएको उनको सचिवालयले स्पष्ट गरेको छ ।

Artha Kendra Artha Kendra
मंगलबार, १८ भदौ २०८१, ४:५१ PM
फन्ट
बालेनको स्ट्याटस फेसबुकले नै हटाइदिएको सचिवालयको दाबि

काठमाडौँ । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले दुई दिनअघि फेसबुकमा पोस्ट गरेको स्टाटस हटाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएपछि सो पोष्ट फेसबुकले नै हटाएको उनको सचिवालयले स्पष्ट गरेको छ ।

बालेनले सो स्टाटसमा एमालेकी प्रदेश सांसद रेखा शर्माले  नाबालिकालाई घरेलु हिँसा गरेको भन्दै पक्राउ गर्न प्रधानमन्त्री केपी ओलीमाथि प्रश्न गरेका थिए । तर, सो स्टाटस मंगलबार बिहान गायब भएको थियो । 

बालेनले डिलिट गरेको आरोप लागिरहेको बेला उनको सचिवालयले भने कसैले फेसबुकलाई रिपोर्ट गरिदिएपछि फेसबुकले नै उक्त पोस्ट हटाइदिएको बताएको छ ।

सचिवालयले कम्युनिटी गाइडलाइनभन्दा बाहिर गएको भनेर फेसबुकले हटाएको भन्दै बालेनका स्वकीय सचिव भूपदेव शाहले भनेका छन्- 'कुन मर्म र हिसाबमा स्टाटस राख्नुभएको हो भनेर फेसबुकले बुझेन, आशावादी छौं, फेसबुकले टेक डाउन गरेको त्यो स्टाटस रिकभर हुनेछ'

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.