टुँडिखेलमा आफूविरुद्ध नारा लागेपछि बकवासहरु भन्दै कड्किए देउवा

सुदूरपश्चिमको प्रमुख पर्व गौरा मनाउन टुँडिखेलमा भेला भएका जनताले आफूविरुद्ध नाराबाजी गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आक्रोशित भएका छन्।

Artha Kendra Artha Kendra
सोमबार, १० भदौ २०८१, ४:१४ PM
फन्ट
टुँडिखेलमा आफूविरुद्ध नारा लागेपछि बकवासहरु भन्दै कड्किए देउवा

काठमाडौं: सुदूरपश्चिमको प्रमुख पर्व गौरा मनाउन टुँडिखेलमा भेला भएका जनताले आफूविरुद्ध नाराबाजी गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आक्रोशित भएका छन्।

शुभकामना दिन मञ्चमा पुगेका देउवाले भिडले होहल्ला गरेपछि ‘हल्ला गर्दै गर्नुहोस्, म आफ्नो कुरा राख्छु’ भनेका थिए।

तर, होहल्ला झन् बढेपछि देउवाले कडा शब्दमा प्रतिक्रिया दिँदै भने, ‘लाज पनि छैन। अरूको कार्यक्रम बिथोल्ने? लाज नभएकाहरु, यही हो नेपालको संस्कृति? यही हो नेपालको चलन? यही सिकेर आएका हुन्? बकवासहरु।’

उनले गौरा पर्व बिथोल्नेहरूको घुसपैठ भएको आरोप पनि लगाए।

‘यहाँ गौरा पर्व मनाउन आएका छन्, देउडा खेल्न आएका छन्। न अरूको कुरा सुन्छन्, न देउडा खेल्न दिन्छन्। अरूको कार्यक्रम बिथोल्नेहरूलाई जनताले ठिक पार्नुपर्छ,’ देउवाले भने।

जनताले नेताहरु नचाहिने भन्दै मुर्दावादको नारा लगाएका थिए। पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले सुदूरपश्चिमको संस्कृतिलाई चिनाउन गौरा पर्व महत्वपूर्ण रहेको बताए।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.