विहारमा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटना : ३६ घाइते, ८ को अवस्था गम्भीर

आइतबार, ९ भदौ २०८१, १:२१ PM
post-image

छिमेकी देश भारतको विहारस्थित समस्तीपुर जिल्लामा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटनामा परेको छ। 


स्थानीय सञ्चारमाध्यमका अनुसार ट्रकसँग ठोक्किएर पल्टिएको हो। 

बसमा सवार ३ दर्जन बढी यात्रु घाइते भएको र विभिन्न नजिकका अस्पतालहरुमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 


देवघर गइरहेको बस गएराति दुर्घटनामा परेको हो। बच्चा समेत ८ यात्रुको अवस्था गम्भीर रहेको बताइएको छ। बसमा करिब ४३ यात्रु रहेका थिए। स्थानीय र प्रहरीको मद्दतमा उनीहरुको उद्धार गरी अस्पताल लगिएको छ। 

मुसरीघरारी चोकनजिकै राष्ट्रिय उच्चपथ २८ मा बस पल्टिएको थियो। ट्रकसँग ठोक्किएपछि बसको एक्सल टुटेको र दुर्घटना भएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}