सुनको मूल्य ऐतिहासिक उचाइमा: चाँदीको मूल्य पनि उकालो लाग्दै

बुधबार, ५ भदौ २०८१, १२:३ PM
post-image

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले नयाँ उचाइ कायम गरेको छ। बुधबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। 

यसअघि मंगलबारको बजारमा सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। 

सुनसँगै चाँदीको मूल्य पनि बढ्दो क्रममा छ। आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर एक हजार ८३५ रुपैयाँमा पुगेको छ। यसअघि मंगलबार चाँदीको भाउ प्रतितोला १८ सय २० रुपैयाँ रहेको थियो ।

सुनचाँदीको मूल्यमा भएको यो उकालोको कारणलाई विश्लेषकहरूले अन्तर्राष्ट्रिय बजारको अस्थिरता र स्थानीय मागमा भएको वृद्धि संग सम्बन्धित मानेका छन्। लगानीको सुरक्षित माध्यमको रुपमा सुनको आकर्षण अझ बढ्दै गइरहेको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}