डलरकाे भाउ स्थिर, यस्ताे छ आजकाे विनिमयदर

सोमबार, २८ श्रावण २०८१, ११:७ AM
post-image

काठमाडौं, साउन २८ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । सोमबार अमेरिकी डलरको कारोबार भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा कायम गरिएको छ । आइतबार पनि सोही मूल्यमा यसको कारोबार भएको थियो । 
सोमबार युरोपियन युरोको एकको खरिददर १४६ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्रीदर १४६ रुपैयाँ ९८ पैसा तोकिएको छ । यसअघि यसको खरिददर १४६ रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्रीदर १४६ रुपैयाँ ९९ पैसा कायम गरिएको थियो ।
बेलायती पाउन्ड एकको खरिदमूल्य १७१ रुपैयाँ ०८ पैसा र बिक्रीदर १७१ रुपैयाँ ८४ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २४ पैसाले बढेको हो । आइतबार भने यसको खरिदमूल्य १७० रुपैयाँ ८४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६१ पैसामा कारोबार भएको थियो ।  

त्यसैगरी, सोमबार अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १० पैसा र बिक्रीदर ८८ रुपैयाँ ४९ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर भने ९७ रुपैयाँ ६२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ०६ पैसा पाइन्छ । 
उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ १४ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ १८ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ७० पैसा तथा बिक्री दर १८ रूपैयाँ ७९ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ८२ पैसा तथा बिक्री दर ९ रुपैयाँ ८६ पैसा कायम गरेको जनाइएको छ । 
उता कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
 राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ७६ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ९० पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६६ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार ३० रूपैयाँ ३१ पैसा र बिक्रीदर ३० रूपैयाँ ४४ पैसा कायम गरेको छ ।
यसैगरी, सोमबारको लागि कुवेती दिनार एकको खरिददर ४३७ रुपैयाँ ८८ र बिक्रीदर ४३९ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३५७ रुपैयाँ १४ पैसा निर्धारण भएको छ। 
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}