बंगलादेशका बैंकवाट २ लाख भन्दा बढी निकाल्न नपाइने, शंकास्पद र ठुला लेनदेन शंकाका घेरामा

आइतबार, २७ श्रावण २०८१, ११:२ AM
post-image

ढाका, २७ साउन । बंगलादेशको केन्द्रिय बैंकले यस हप्ता प्रति ग्राहक अधिकतम २ लाख रुपैयाँ नगद मात्रै निकाल्न निर्देशन दिएको छ । 

२ लाख रुपैयाँको सीमितता तोकेर वाणिज्य बैंकहरूलाई रकम निकासा गर्न निर्देशन दिएको हो।

यो निर्णय बैंकका प्रबन्ध निर्देशकहरुलाई आपतकालीन सन्देश मार्फत जानकारी गराइएको हो । सो निर्देशनमा सुरक्षा चिन्ताहरू उल्लेख गरिएको छ । जसले शाखाहरूमा रकम स्थानान्तरण गर्न कठिनाइ सिर्जना भइरहे पछि यो निर्देशन जारी गरिएको हो भने रकम निकासीमा प्रतिबन्ध आवश्यक रहेको जनाएको छ ।

बैंकहरूलाई चेक लेनदेनको अनुगमन बढाउन र कुनै पनि शंकास्पद गतिविधिहरू रोक्न पनि निर्देशन दिइएको छ ।

ठूला मात्रामा नगद निकासीबाट हुन सक्ने बैंकिङ क्षेत्रको सम्भावित अस्थिरतालाई रोक्नका लागि निकासी सीमित गर्ने निर्णय गरिएको हो ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}