नेप्सेमा १०८ अङ्कको वृद्धि

बुधबार, २३ श्रावण २०८१, ५:४६ PM
post-image

काठमाडौँ । मङ्गलबार उच्च गिरावट आएको नेप्सेमा आज उच्च अङ्कको वृद्धि भयेक ओछ । बुधबार नेप्से परिसूचक १०८. ३५ अङ्कले बढेर २७५९. ६७ को विन्दुमा कायम भएको हो ।

आज ३३० कम्पनीको तीन करोड ८० लाख ४१ हजार २६७ कित्ता शेयर दुई लाख १२ हजार ६८१ पटक खरिदबिक्री हुँदा १७ अर्ब ९५ करोड ९ लाख १८ हजार ६२७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै अन्य समूहको उपसूचक ७. ८९ प्रतिशतले बढेको छ । 

आज १० वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आज कारोबार भएका तीनवटा कम्पनीको मात्रै घटेको छ । 

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा हिमालयन इन्स््योरेन्स लिमिटेडको रु एक अर्ब ५३ करोड ५३ लाख ६० हजार चार सय ७३ बराबरको १६ लाख ९४ हजार २१ कित्ता शेयर किनबेच भएको छ ।
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}