सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

मंगलबार, २२ श्रावण २०८१, ११:४५ AM
post-image

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

मंगलबार सुन तोलाको २३ सयले घटेर तोलाको एक लाख ४७ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि सोमबार सुनको मुल्य तोलाको १ लाख ५० हजार पुगेको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य थियो । 

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ६५ रुपियाँ घटेर १७२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}