एचआईडिसिएलले संस्थापक समूहका १ करोड ६८ लाख ५९ हजार ५० कित्ता शेयर लिलामीमा बिक्री गर्दै

हाइड्रोइलेक्ट्रिसिटी इन्वेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (HIDCL) ले संस्थापक समूहको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता शेयर लिलामी मार्फत बिक्री गर्न लागेको छ। 

Artha Kendra Artha Kendra
मंगलबार, २२ श्रावण २०८१, १०:२८ AM
फन्ट
एचआईडिसिएलले संस्थापक समूहका १ करोड ६८ लाख ५९ हजार ५० कित्ता शेयर लिलामीमा बिक्री गर्दै

हाइड्रोइलेक्ट्रिसिटी इन्वेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (HIDCL) ले संस्थापक समूहको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता शेयर लिलामी मार्फत बिक्री गर्न लागेको छ। 

यस कम्पनीले बाँकी रहेको हकप्रद शेयरहरू लिलामी प्रक्रियाबाट बिक्री गर्ने योजना बनाएको हो। यो शेयर खरिद गर्न इच्छुक कुनै पनि व्यक्ति, संस्था वा कम्पनीले बोलपत्र पेश गर्न सक्छन्। बोलपत्र पेश गर्ने मिति साउन २९ गतेदेखि भदौ ६ गतेसम्म निर्धारण गरिएको छ। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ, र लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्यमा बोलकबोल गर्न सक्नेछन्। बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता वा अधिकतम सम्पूर्ण उपलब्ध शेयरहरूको लागि आवेदन दिन सकिनेछ।

ग्लोबल आइएमई क्यापिटल लिमिटेडले कम्पनीको शेयर बिक्री प्रबन्धकको रूपमा काम गर्नेछ। लगानीकर्ताहरूले ग्लोबल आइएमई बैंकका शंखमुल, बिर्तामोड, हनुमानदास रोट, जनकपुरधाम, बिरगञ्ज, हेटौँडा, नारायणगढ, न्यूरोड (पोखरा), मिलनचोक (बुटवल), बाग्लुङ्ग बजार, त्रिभुवन चोक (नेपालगञ्ज), विरेन्द्रनगर, घोराही, धनगढी र महेन्द्रनगर शाखाहरूमा बोलपत्र पेश गर्न सक्नेछन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.