शेयर मुल्य कृतिम रुपमा बढाइयो, निगरानी होस्- सांसद अमरेशकुमार सिंह

सांसद डा. अमरेशकुमार सिंहले शेयरको मुल्य कृतिम रुपमा बढाइएको आरोप लगाएका छन् ।

Artha Kendra Artha Kendra
सोमबार, २१ श्रावण २०८१, ३:२२ PM
फन्ट
शेयर मुल्य कृतिम रुपमा बढाइयो, निगरानी होस्- सांसद अमरेशकुमार सिंह

काठमाडौँ । सांसद डा. अमरेशकुमार सिंहले शेयरको मुल्य कृतिम रुपमा बढाइएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभामा विशेष समयमा बोल्दै सांसद सिंहले अहिले शेयरको मुल्य कृतिम रुपमा बढाइएको बताउदै आम जनतामाथि ठगी हुनसक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

संसद बैठकमा बिना आधारमा कम्पनीका शेयर मुल्य बढिरहेको उदाहरण दिदै आम जनतालाई ठगी गर्ने धन्दामा लागेका कम्पनीमाथि कडा निगरानी राख्न र उनीहरुमाथि छानबिन गर्नका लागि सरकारले एउटा समिति गठन गर्न माग गरेका छन् । 

उनले बुक भ्यालु सयभन्दा कम भएका कम्पनिको मुल्य अहिले तिन चार गुणासम्म बढेको बताउदै यसको नियमन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.