ऐतिहासिक उचाइमा पुगेको सुनको मूल्य आज घट्यो , प्रतितोला कतिमा हुँदैछ कारोबार ?

आइतबार, २० श्रावण २०८१, ११:३५ AM
post-image

काठमाडौं :  ऐतिहासिक उचाइमा पुगेको सुनको मूल्य आज सामान्य घटेको छ। अघिल्लो दिनहरूमा रेकर्ड कायम गरेको सुनको भाउ आइतबार घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाला सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घट्दै १ लाख ४९ हजार ७०० रुपैयाँ कायम भएको छ। तेजावी सुनको मूल्य पनि २०० रुपैयाँले घटेर प्रतितोला १ लाख ३७ हजार ७२५ रुपैयाँ पुगेको छ।

गत शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ९०० रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ९१० रुपैयाँमा कारोबार भएको थियो। यसरी, शुक्रबारको बजारमा सुनको भाउ ऐतिहासिक उच्चतामा पुगेको थियो।

यसैगरी, चाँदीको मूल्य पनि आज घटेको छ। चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार ७८५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको मूल्य १ हजार ७९५ रुपैयाँ रहेको थियो। 

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}