राष्ट्र बैंकद्धारा सर्कुलर जारीः सेयरधितो कर्जामा संस्थागतको क्याप हटाइएको व्यवस्था कार्यान्वयनमा

नेपाल राष्ट्र बैंकले अब संस्थागत लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट २० करोड रुपैयाँभन्दा धेरै शेयर धितो कर्जा लिएर शेयर बजारमा लगानी गर्न पाउने व्यवस्था लागू गरेको छ।

Artha Kendra Artha Kendra
शुक्रबार, १८ श्रावण २०८१, ५:९ PM
फन्ट
राष्ट्र बैंकद्धारा सर्कुलर जारीः सेयरधितो कर्जामा संस्थागतको क्याप हटाइएको व्यवस्था कार्यान्वयनमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले अब संस्थागत लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट २० करोड रुपैयाँभन्दा धेरै शेयर धितो कर्जा लिएर शेयर बजारमा लगानी गर्न पाउने व्यवस्था लागू गरेको छ। शुक्रबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सर्कुलर जारी गर्दै यो परिवर्तन कार्यान्वयनमा ल्याएको हो। चालु आर्थिक वर्षको मौद्रिक नीतिमा यस परिवर्तनको घोषणा गरिएको थियो, जसलाई शुक्रबारको सर्कुलरमार्फत कार्यान्वयन गरिएको छ।

नयाँ निर्देशिकाअनुसार, शेयर धितोमा प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा १५ करोड कायम गरिएको छ, तर धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि यो सीमा लागू हुनेछैन। यसले संस्थागत लगानीकर्ताहरुलाई ठूला कर्जा लिएर बजारमा लगानी गर्ने अवसर प्रदान गरेको छ।

संस्थागत लगानीकर्ताको सक्रियताले शेयर बजारलाई दीर्घकालिन रुपमा सकारात्मक बनाउने अपेक्षा गरिएको छ। यसअघि, संस्थागत लगानीकर्ताहरुका लागि शेयर धितो कर्जाको सीमा २० करोड थियो भने व्यक्तिगत लगानीकर्ताहरुका लागि १५ करोड थियो। यो नयाँ व्यवस्थाले संस्थागत लगानीकर्तालाई ठूलो राहत प्रदान गरेको छ।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.