सुनको मुल्य तोलाको एक हजारले बढ्यो , कतिमा हुदैछ कारोबार ?

आइतबार, १३ श्रावण २०८१, ११:३३ AM
post-image

काठमाडौँ । आज नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

आइतबार सुन तोलाको एक हजारले बढेर एक लाख ४५ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि शुक्रबार सुनको मुल्य तोलाको १ लाख ४४ हजार ७ सय रहेको थियो ।  त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला १० रुपियाँ बढेर तोलाको १७४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}