संस्थागत लगानीकर्तालाई शेयर धितो कर्जामा लगाइएको २० करोडको सीमा खारेज

शुक्रबार, ११ श्रावण २०८१, १:१७ PM
post-image

नेपाल राष्ट्र बैंकले कर्जामा संस्थागत लगानीकर्ताहरुका लागि लगाइएको २० करोडको सीमा खारेज गरेको छ। गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यो निर्णयको घोषणा गरेका हुन्।

मार्जिन ट्रेडिङ प्रभावकारी नभएको स्थितिमा, संस्थागत लगानीकर्ताका लागि कायम गरिएको अधिकतम २० करोड रुपैयाँको सीमा हटाइएको हो। तर, व्यक्तिगत लगानीकर्ताका लागि लगाइएको क्याप भने केन्द्रीय बैंकले हटाएको छैन।

मौद्रिक नीति प्रस्तुत गर्दै गभर्नर महाप्रसाद अधिकारीले भने-' धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई क्रमशः कम गर्दै मार्जिन ट्रेडिङको अवधारणालाई प्रोत्साहन गर्ने अभिप्रायसहित नेपाल राष्ट्र बैंकले हालसम्म ३४ धितोपत्र दलाल कम्पनीहरुलाई सहमति प्रदान गरिसकेको छ । मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम रु.२० करोडको सीमा खारेज गरिनेछ ।'

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}