७५ अंकले बढ्यो नेप्से, १४ अर्ब बढीको कारोबार
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ७५ अङ्कले बढेको छ । आज नेप्से ७५.३३ अङ्कले बढेर २५६३.४३ अङ्कमा पुगेको छ ।
आज ३१७ कम्पनीको ३ करोड ९७ लाख ९० हजार ८८९ कित्ता शेयर एक लाख ७१ हजार ३८७ पटक खरिदबिक्री हुँदा १४ अर्ब ११ करोड ६३ लाख ३० हजार ९९५ बराबरको कारोबार भएको छ ।
आज बोटलर नेपाल, समृद्धि फाइनान्स, मंडू हाइड्रो, हाथवे इन्भेस्टमेन्ट, नेपाल वायर हाउसिंगको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सबैभन्दा बढी गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ५.८३ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिभम सिमेन्टको २४ करोड ६९ लाख २३ हजार ७९२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने नबिल ब्यालेन्स फन्ड-२ को १६ लाख २ हजार ८३५ कित्ता शेयर किनबेच भएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.