मधेशका अर्थमन्त्री यादवलाई आफ्नो क्षेत्रमा भव्य स्वागत
रौतहट । मधेश प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादव (जितेन्द्र) लाई गृह क्षेत्र रौतहट ३ ख अन्तर्गत कटहरिया बजारमा एक समारोहका बिच भव्य स्वागत गरिएको छ ।
अर्थमन्त्रीको कार्यभार सम्हालेपछि पहिलो पटक पुगेका सुनिल लाई सनिवार कटहरियाका जनप्रतिनिधि, ब्यापारी तथा नगरवासीले फूलको माला लगाई, खाँदा ओढाएर अति भव्यताका साथ स्वागत गरेका थिए। स्वागत समारोह लाई सम्बोधन गर्दै मन्त्री यादवले यस अघि क्षेत्र ३ को संघीय सांसदको रुपमा नेतृत्व गर्दा पनि सकेजति विकास गरेको स्मरण गराएका थिए ।
हाल क्षेत्र वासीले दिएको प्रदेश सांसदको अभिभारा पनि पूर्ण ईमान्दारी साथ निभाउँदै अर्थ मन्त्रीको हैसियतले क्षेत्रको समग्र विकासमा कुनै कसर बाँकी नराख्ने उनले प्रतिवद्धता जनाएका थिए। देशको निर्वाचन प्रणाली राम्रो नहुँदा कुनै पनि दलले बहुमत ल्याउन नसक्ने जिकिर गर्दै मन्त्री यादवले मिलिजुली अस्थाई सरकारले विकास लाई गती दिन नसकेको गुनासो गरेका थिए।
हाल मधेश प्रदेशको शिक्षा, स्वास्थ, सडक पूर्वाधारको अवस्था दयनिय रहेको चर्चा गर्दै उनले सबै क्षेत्रको सुधारका आफ्नो बुद्दी विवेकले ईमान्दारी साथ लाग्ने विश्वास दिलाएका थिए। शिक्षा तर्फ प्रदेश सरकारले लगानी गरेर विद्यालयको भवन त निर्माण गर्छ तर शिक्षक दरबन्दीको लागी केन्द्रकै मुख ताक्नु पर्ने वाध्यता रहेको बताएका थिए। शिक्षालाई गुणस्तरिय बनाउन सरकार संगै अभिभावकको भूमिका हुनुपर्ने कांग्रेस जिल्ला सभापति समेत रहेका प्रदेश अर्थ मन्त्री सुनिल कुमार यादवको भनाई रहेको छ।
स्वागत समारोहमा नेपाली कांग्रेस रौतहटका उपसभापति रामालोचन जैसवाल, क्षेत्रिय सभापती सर्फलाल गुप्ता, कटहरियाका वडाका अध्यक्षहरु, ब्यापारी योगेन्द्र साह, लगायतले स्वागत गर्दै क्षेत्रको समग्र विकासको लागि अर्थ मन्त्री यादवको ध्यानाकर्षण गराएका थिए।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.