सुनको मुल्य अहिलेसम्मकै उच्च बनायो अर्को नयाँ रेकर्ड

सोमबार, ३१ असार २०८१, ११:२३ AM
post-image

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

सोमबार सुन तोलाको २ सयले बढेर एक लाख ४६ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सबधिक मुल्य हो । 

यस अघि आइतबार सुनको मुल्य तोलाको १ लाख ४६ हजार ७ सय रहेको थियो । 

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार २ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला १० रुपियाँ बढेर तोलाको १८८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}