रिलायन्स स्पिनिङ मिल्सको आईपीओ रद्द; धितोपत्र बोर्डले गर्‍यो यस्तो निर्णय

बुधबार, २६ असार २०८१, ४:३५ PM
post-image

काठमाडौँ - रिलायन्स स्पिनिङ मिल्सले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)को आज बसेको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि आईपीओ स्थगित गरेको हो।

कम्पनीले असार २७ गते बिहिबारबाट  वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको थियो। सेबोनले गत असार १२ गते प्रतिकित्ता ८२०.८० रुपैयाँ दरको आईपीओ बुक बिल्डिङ विधिबाट निष्कासनका लागि कम्पनीलाई स्वीकृति दिएको थियो। तर, कम्पनीको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा कैफियत देखिएकोले बोर्डमा आईपीओबारे छलफल चलेको थियो।

सार्वजनिक लेखा समितिले हालै नेपाल धितोपत्र बोर्डसँग रिलायन्स स्पिनिङ मिल्सको आईपीओ जारी गर्न दिने निर्णयबारे स्पष्टीकरण सोधेको थियो। चौतर्फी प्रश्न र आरोपपछि, सेबोनको बैठकले कम्पनीको आईपीओ निष्कासन प्रक्रिया रद्द गर्ने निर्णय गरेको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}