सहकारी छानबिन संसदीय समितिले गृहसचिव र महानिरीक्षकलाई बोलायो

बिहिबार, २० असार २०८१, ३:१२ PM
post-image

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’ ले गृहसचिव र प्रहरी महानिरीक्षकलाई छलफलका लागि बोलाएको छ ।

समितिको विहिबार बसेको नवौं बैठकले गृहसचिव र प्रहरी महानिरीक्षकलाई शुक्रबार छलफलका लागि बोलाएको समितिका सभापति सुर्य थापाले जानकारी दिएका छन् ।

आजको बैठकमा समितिले महालेखापरिक्षक तोयम राय, सम्पत्ति सुद्धिकरण अनुसन्धान बिभागका महानिर्देशक  कमल भट्टराई र सहकारी बिभागका रजिष्ट्रार पिताम्बर घिमिरेलाई बोलाएर छलफल गरेको सभापति थापाले जानकारी दिएका छन् ।
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

संबंधित समाचार

ट्रम्पले भुटानसहित ४१ देशलाई यात्रा प्रतिबन्ध लगाउदै

बीमा प्राधिकरणको सञ्चालक समिति सदस्य पोखरेलद्वारा शपथ ग्रहण

प्रचण्डको तस्वीर जलाउने राप्रपाको युवा संगठनका नेता निराजन बम पक्राउ

}