नूनको मूल्य बढ्यो

मंगलबार, १८ असार २०८१, १०:१७ PM
post-image

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाउने घोषणा गरेको छ। कर्पोरेसनले आज राति १२ बजेदेखि लागू हुने गरी नूनको मूल्य समायोजन गर्ने निर्णय गरेको छ।

समायोजित मूल्यअनुसार आयोनूनको एक किलो प्याकेटको मूल्य २३ बाट बढेर २६ पुगेको छ। न्यू-शक्ति नूनको एक किलोको मूल्य १७ बाट बढेर २० पुगेको छ। यस्तै, भानू नूनको एक किलोको मूल्य ९ तोकिएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}