कांग्रेस- एमाले सहमतिपछि बालेनको टिप्पणी- यो समय गिरिबन्धु चियाको हो
काठमाडौं । काठमाडौँ महानगरका मेयर बालेन शाहले कांग्रेस- एमालेको गठबन्धन बनेपछि गिरीबन्धु चिया प्रकरणमा व्यंग्य गरेका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै बालेनले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले चिया पिएको तस्बीरसँगै यो गिरिबन्धु चियाको समय हो भनेका छन् ।
उनले भनेका छन्- 'यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले ।'
गिरीबन्धु टी-स्टेट प्रकरणमा सर्वोच्चको फैसलापछि बालेनले ओली नेतृत्वको सरकारले अर्बौंको नीतिगत भ्रष्टाचार गरेको भन्दै आवाज उठाइरहेका छन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.