नेपाल सुनचाँदी व्यवसायी महासंघको अधयक्षमा अर्जुन रसाइली निर्वाचित
काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघको चौथो महाधिवेशनबाट भारी मतान्तरका साथ केन्द्रीय अध्यक्षमा अर्जुन रसाईली विजयी भएका छन्।
शनिबार सिल्भर वक काठमाडौंमा सम्पन्न भएको निर्वाचनमा अध्यक्षका उम्मेद्वार अर्जुन रसाइलीले २५० मत प्राप्त गर्दै विजयी भएका हुन्।
अर्का अध्यक्ष पदका उम्मेद्वार विपेन्द्र रामुदामु विपिनले १८४ मत प्राप्त गरेका थिए।
महासंघको वरिष्ठ उपाध्यक्षमा दियेश रत्न शाक्य विजयी भएका छन्। वरिष्ठ उपाध्यक्ष शाक्यले २८३ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी मोहनकाजी शाक्यले १४८ मत प्राप्त गरेका थिए।
प्रथम उपाध्यक्षमा धर्म सुन्दर बज्राचार्यले २७४ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी केशबहादुर सुनारले १५९ मत प्राप्त गरेका छन्। द्वितीय उपाध्यक्षमा बुद्धिबहादुर विके दियालीले २६४ मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी मानबहादुर विश्वकर्माले १६६ मतमा चित्त बुझाउन प-र्यो।
तृतीय उपाध्यक्षमा रुपदल विश्वकर्मा (राजु धमला) २४३ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी मनोजकुमार साहले १८७ मत प्राप्त गरेका छन्।
त्यस्तै, महासचिवमा किरणभाइ बज्राचार्य २३३ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी रविन शाक्यले १३६ मतमा चित्त बुझाउन पर्यो।
कोषाध्यक्षमा सुदीप श्रेष्ठ २४३ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी सुविन बज्राचार्यले १८४ मत प्राप्त गरे।
सचिव दुई जनामा टुलकप्रसाद विश्वकर्मा र निर्मल दियाली विजयी भएका छन्। विश्वकर्माले २३५ मत पाउँदा अर्का उम्मेद्वार २६१ दियालीले मत पाएका थिए।
त्यस्तै, सहकोषाध्यक्षमा पद्मसुन्दर शाक्य २६३ मतसहित निर्वाचित भएका छन्।
असार १५ गते दिउँसो २ बजेदेखि दिउँसो ४:३० बजेसम्म भएको निर्वाचनमा ४३५ जना प्रतिनिधिहरू मतदान प्रक्रियामा सहभागी भएका थिए। महाधिवेशनमा ४४६ जना प्रतिनिधिहरू रहेका थिए।
२०५३ सालदेखि सुनचाँदी पेशामा संलग्न रसाइली २०६५ सालमा नेपाल सुनचाँदी व्यवसायी संघ चितवन शाखाको अध्यक्ष भएका थिए। नवनिर्वाचित अध्यक्ष रसाइली २०६९ सालमा गठित नेपाल सुनचाँदी व्यवसायी महासंघको तदर्थ समितिको सदस्यसमेत रहेका थिए।
२०६९ सालदेखिको महासंघको सांगठनिक यात्रामा १२ वर्षमै केन्द्रीय अध्यक्ष हुने अवसर नवनिर्वाचित अध्यक्ष रसाइलीलाई मिलेको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.