सुनको मुल्य तोलामा ७ सयले घट्यो, तोलाको कति पुग्यो ?

बुधबार, १२ असार २०८१, ११:२८ AM
post-image

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुनको मुल्य तोलामा ७ सयले घटेर तोलाको १ लाख ४१ हजार ६ सयमा कारोबार भएको छ । 

यस अघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४० हजार ९ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}