सुनको भाउ आज पनि स्थिर, चाँदीको मूल्य भने घट्यो
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
त्यसैगरी आज तेजाबी सुन तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । सुनको मुल्य मंगलबार पनि यहि मुल्यमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य भने बुधबार सामान्य घटेको छ । बुधबार चाँदी तोलाको १० रुपैयाँले घटेर १८०५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
मंगलबार चाँदीको भाउ प्रतितोला १८ सय १५ रुपैयाँ कायम रहेको थियो ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.