सुनको भाउ आज पनि स्थिर, चाँदीको मूल्य भने घट्यो

बुधबार, ५ असार २०८१, ११:१४ AM
post-image

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मुल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको छ । 

त्यसैगरी आज तेजाबी सुन तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।  सुनको मुल्य मंगलबार पनि यहि मुल्यमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य भने बुधबार सामान्य घटेको छ । बुधबार चाँदी तोलाको १० रुपैयाँले घटेर १८०५ रुपैयाँमा  कारोबार भएको महासंघले जनाएको छ । 

मंगलबार चाँदीको भाउ प्रतितोला १८ सय १५ रुपैयाँ कायम रहेको थियो । 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}