नेप्सेमा दोहोरो अंकको गिरावट
काठमाडौं । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से १८.७६ अंकले घटेर २०७६.४९ विन्दुमा कायम भएको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स १ अंकले घटेर ३६७.२० विन्दुमा रोकिएको छ ।
आज ३१८ कम्पनीका ९५ लाख ४४ हजार ७३४ कित्ता सेयर ४ अर्ब ५ करोड ५७ लाख ३७ हजार ८८४ रुपैयाँमा खरिदबिक्री भएको छ ।
आज समाज लघुवित्त वित्तीय संस्थाको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको थियो भने माण्डु हामइ्रोपावरको सेयर ७.८३ प्रतिशतले, विन नेपाल लघुवित्तको ६.२०, दिव्यश्वरी हाइड्रोपावरको ४.८६ र एनआईसी एसिया ब्यालेन्स फण्डको ३.९३ प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा बरुण हाइड्रोपावरको ११ करोड २७ लाख मूल्य बराबरको सेयर कारोबार भएको छ । यसैगरी सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट ११ करोड,एनआरएन इन्फ्रास्टक्टरको १० करोड ग्लोबल आइएमई र माण्डु हाइड्रोपावरको ९-९ करोड मूल्य बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.