बजेट चाहिदैन भन्दै ज्ञानेन्द्र शाहीले मन्त्रीलाई फिर्ता गरे बजेट पुस्तिका
काठमाडौँ । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले कर्णालीलाई बजेट नचाहिने भन्दै बजेट पुस्तिका सभामुखमार्फत अर्थमन्त्रीलाई फिर्ता गरिदिएका छन् ।
प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिदै सांसद शाहीले कर्णालीलाई बजेटमा विभेद गरिएको भन्दै जुम्ला र कर्णालीलाई बजेट नचाहिने भन्दै बजेट पुस्तिका फिर्ता गरेका हुन् ।
उनले भने- यो बजेटमाथि सांसदहरुले भोट हालेमा यो जुनीमा होइन अर्को जुनीमा पनि कर्णालीका जनताले सराप्ने छन् । म यो किताब मन्त्री जीलाई सिधै दिन मिल्दैन । म सभामुख मार्फत यो बजेट किताब जस्ताको तस्तै मन्त्री जीलाई दिन चाहन्छु । चाहिदैन बजेट ।'
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.