सुनचाँदीको मूल्य घट्यो, तोलाको कतिमा हुदैछ कारोबार ?

सोमबार, ३ असार २०८१, ११:१० AM
post-image

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले घटेर १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस अघि आइतबार छापावाल सुन तोलाको १ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य भने सामान्य घटेको छ । सोमबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १८ सय रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला १८ सय २० रुपैयाँ कायम रहेको थियो ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}