काठमाडौंका पेट्रोल पम्प बन्द: पेट्रोलियम पदार्थको अभाव
काठमाडौं । ट्यांकर व्यवसायीहरूका विभिन्न संघ संस्थाको विरोधका कारण काठमाडौं उपत्यकामा पेट्रोल अभाव देखिएको छ।
थानकोटबाट आउने पेट्रोल ट्यांकर व्यवसायीहरूले रोकेसँगै उपत्यकामा पेट्रोलको अभाव भएको हो।
शनिबारदेखि नै ट्यांकर चालकले विभिन्न माग राख्दै आन्दोलन गरिरहेका छन्। यसै कारण पेट्रोलियम पदार्थ अभाव देखिएको हो।
चालकहरूले पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर नचलाएका कारण पेट्रोलियम पदार्थ पम्पहरूसम्म पुग्न सकेको छैन।
नेपाल पेट्रोलियम ट्यांकर चालक संघले सातबुँदे माग राख्दै शनिबारदेखि आन्दोलन थालेको हो।
संघले एक विज्ञप्ति जारी गर्दै शनिबार कालोपट्टि बाँधेर, आइतबार गाडीमा कालो झन्डा राखेर र सोमबार पूर्ण रूपमा काम छाडेर ट्यांकरको साँचो नै सवारीधनीलाई हस्तान्तरण गरेर विरोध गर्ने जनाएको छ।
आफूहरूले लामो समयदेखि अत्यावश्यक सेवासुविधा बिनै लामो समयदेखि नेपाल आयल निगममा काम गरेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्।
ट्यांकर चालक मजदुरहरूको समस्या समाधान निम्ति विभिन्न निकायमा भन्दा पनि कुनै सुनुवाइ नभएकाले आफूहरू आन्दोलनमा ओर्लिएको उनीहरूको भनाइ छ।
यस्ता छन् संघका मागः
१. सम्पूर्ण ट्यांकर चालक/सहचालक मजदुरहरूलाई श्रम ऐन अनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोके अनुसारको तलबको व्यवस्था गरिनुपर्ने।
२. स्वरोजगारको हकमा मात्र लागू गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गरिनुपर्ने।
३. टेम्परेचरको सही व्यवस्थापन गरिनुपर्ने।
४ .सामाजिक सुरक्षा कोषमा आवद्धताको व्यवस्था गरिनुपर्ने।
५. ५० लिटरभन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गरिनुपर्ने।
६. चालक तथा सहचालकलाई जोखिम भत्ताको व्यवस्था गरिनुपर्ने।
७. चालक तथा सहचालकलाई प्रत्येक तीन महिनामा सुरक्षा सतर्कतासम्बन्धी तालिमको व्यवस्था गरिनुपर्ने।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.