टी-२० क्रिकेटमा सन्दीपको सय विकेट, बन्यो यस्तो किर्तिमान

सोमबार, ३ असार २०८१, ७:१७ AM
post-image

काठमाडौँ । सन्दीप लामिछानेले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट पुरा गरेका छन् ।

सन्दीपले जारी टी-२० विश्वकपमा बंगलादेशविरुद्ध २ विकेट लिएसँगै आफ्नो सय विकेट पुरा गरेका हुन् ।

सन्दीपले टी-२० क्रिकेटमा ५४ खेलमा १०० विकेट लिएका हुन् । उनी टी-२० क्रिकेटमा छिटो सय विकेट लिने दोस्रो खेलाडी बनेका छन् । यसअघि यो किर्तिमान अफगानिस्तानका राशिद खानको नाममा रहेको छ । राशिदले ५३ खेलमा सय विकेट लिएका छन् ।
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}