बन्दै गरेको संसद् भवनभित्र मदिरा 'बार' निर्माण गर्न कांग्रेस सांसद बजगाईंको प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले सिंहदरबारभित्र निर्माणाधिन संसद् भवनभित्र ‘बार’ बनाउनुपर्ने सुझाव दिएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बिनियोजन विधेयकमाथिको छलफलमा भाग लिदै सांसद बजगाईले बनिरहेको संसद् भवनमा 'बार' निर्माण गर्न सुझाव दिएका हुन् ।
उनले भने- 'अधिकांश माननीयहरू मदिरा पिउनुहुन्न । लन्डन स्कुल अफ इकोनोमिक्सको क्यान्टिनमा जाँदा त्यहाँ पनि बार रहेछ । त्यसको लिमिटेसन हुन्छ । सम्माननीय सभामुख महोदय अहिले बन्दै गरेको संसद् भवनभित्र विदेशी पाहुना आउँदा सोसलाइजेसन गर्ने बार निर्माण गर्ने हो कि ? यसमा ध्यानाकृष्ट गर्न चाहेको ।'
उनले आफूले अमेरिकामा सन् २००६ को भ्रमणको क्रममा सिनेटको अफिसमा बार देखेको बताएका थिए ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.