बन्दै गरेको संसद् भवनभित्र मदिरा 'बार' निर्माण गर्न कांग्रेस सांसद बजगाईंको प्रस्ताव

शुक्रबार, ३२ जेठ २०८१, ३:० PM
post-image

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले सिंहदरबारभित्र निर्माणाधिन संसद् भवनभित्र ‘बार’ बनाउनुपर्ने सुझाव दिएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बिनियोजन विधेयकमाथिको छलफलमा भाग लिदै सांसद बजगाईले बनिरहेको संसद् भवनमा 'बार' निर्माण गर्न सुझाव दिएका हुन् ।

उनले भने- 'अधिकांश माननीयहरू मदिरा पिउनुहुन्न । लन्डन स्कुल अफ इकोनोमिक्सको क्यान्टिनमा जाँदा त्यहाँ पनि बार रहेछ । त्यसको लिमिटेसन हुन्छ । सम्माननीय सभामुख महोदय अहिले बन्दै गरेको संसद् भवनभित्र विदेशी पाहुना आउँदा सोसलाइजेसन गर्ने बार निर्माण गर्ने हो कि ? यसमा ध्यानाकृष्ट गर्न चाहेको ।'

उनले आफूले अमेरिकामा सन् २००६ को भ्रमणको क्रममा सिनेटको अफिसमा बार देखेको बताएका थिए । 
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}