लगातार तेस्रो दिन बढ्यो नेप्से, ५ अर्ब ८९ करोडको सेयर कारोबार
बुधबार नेप्से परिसूचक ६.३७ अंकले बढेर २१२१.६२ विन्दुमा बन्द भएको छ, जसले ०.३० प्रतिशतको वृद्धि देखाएको छ।
यस दिनको कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ । मंगलबार पाँच अर्ब ५५ करोड ५३ लाख ६१ हजार ७३९ रूपैयाँको कारोबार भएकोमा बुधबार पाँच अर्ब ८९ करोड ४० लाख ८९ हजार २४५ रूपैयाँको सेयर कारोबार भएको छ, जसले अघिल्लो दिनको तुलनामा ३४ करोड रूपैयाँको वृद्धि देखाएको छ।
यस दिन ३१२ वटा धितोपत्रको एक करोड २९ लाख ५० हजार ४०७ कित्ता सेयर किनबेच भएको छ।
बुधबार ११९ कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ वटा कम्पनीको घटेको छ, साथै १३ कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन चार कम्पनीहरूको सेयर मूल्य सर्किट लेभलमा बढेको छ। समृद्धि फाइनान्स र मिड सोलु हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने ग्रिन लाइफ हाइड्रोपावर र साधना लघुवित्तको को मूल्य ९.९९ प्रतिशतले बढेको छ।
सयपत्री हाइड्रोपावरको मूल्य सर्वाधिक ४.४८ प्रतिशतले घटेर प्रति कित्ता ५३३ रूपैयाँ कायम भएको छ। यस्तै, इस्टर्न हाइड्रोपावरको मूल्य ४.४६ प्रतिशतले घटेर प्रति कित्ता ५७९ रूपैयाँमा झरेको छ।
बुधबार एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ, जसमा कम्पनीको प्रति कित्ता ६९४ रूपैयाँमा २७ करोड ६३ लाख रूपैयाँको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३.७४ प्रतिशतले घटेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनी सिइडिबी हाइड्रोपावर रहेको छ, जसमा प्रतिकित्ता एक हजार ४८ रूपैयाँमा २४ करोड ४८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक एक प्रतिशतभन्दा कमले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ। यस दिन वित्त समूहको परिसूचक सर्वाधिक १.०७ प्रतिशतले बढेको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.