उपेन्द्र यादव जसपा नेपालको अध्यक्षमा निर्बिरोध निर्वाचित
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् ।
महाधिवेशनअन्तर्गत आज भएको उम्मेदवारी दर्तामा अध्यक्ष पदमा यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्बिरोध अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्ष पदमा उपेन्द्र यादव जीको एकल उम्मेदवारी परेको र औपचारिक घोषणा हुन बाँकी रहेको छ ।
यादवको नेतृत्वमा १८ वर्षअगाडि मधेशी जनअधिकार फोरम नेपाल गठन भएको थियो । त्यति बेलादेखि नै उनी निरन्तर अध्यक्ष रहेका छन् ।
अध्यक्षबाहेकका पदमा भने निर्वाचन हुने बताइएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.