नतिजा आएको आठ दिनपछि चीनले दियो मोदीलाई बधाई
काठमाडौँ । चीनले भारतको लोकसभाको नतिजा आएको ८ दिनपछि प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएको छ ।
चीनको सरकारी मिडिया सिन्ह्वाका अनुसार भारतमा लोकसभा चुनावको नतिजा आएको ८ दिनपछि प्रधानमन्त्री ली छ्याङले प्रधानमन्त्री मोदीलाई बधाई दिएका हुन् ।\
चिनियाँ प्रधानमन्त्रीले बधाई दिदै भनेका छन्- 'चीन-भारत सम्बन्धको बलियो र स्थिर विकास देशहरूको हितका लागि मात्र होइन, यसले सम्पूर्ण क्षेत्र र विश्वमा स्थायित्व ल्याउन पनि काम गर्दछ ।' ली छ्याङले थप भने, 'दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई सही दिशामा लैजान भारतसँग काम गर्न चीन तयार छ । यो दुवै देशका नागरिकका लागि पनि सही निर्णय हुनेछ ।' यसअघि
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पनि प्रधानमन्त्री नरेन्द्र मोदीलाई तेस्रो कार्यकालका लागि बधाई दिएका थिए ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.