सुनको मूल्य आज पनि स्थिर
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज पनि स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भयेको हो ।
यस अघि सोमबार पनि सुनको मूल्य १ लाख ४१ हजार रुपैयाँ नै थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ३०० रुपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.