रोमाञ्चक खेलमा पाकिस्तान 6 रनले पराजित, पाकिस्तानको बङ्गाराबाट भारतले जित निकाल्यो
न्युयोर्क। आईसीसी टी–२० विश्वकपको समूह ए अन्तर्गतको खेलमा भारतले पाकिस्तानलाई ६ रनले पराजित गरेको छ।
पाकिस्तानले जितका लागि १२० रनको लक्ष्य पाएको थियो, तर २० ओभरमा ७ विकेट गुमाउँदै मात्र ११३ रन बनाउन सक्यो।
यो भारतको लगातार दोस्रो जित हो भने पाकिस्तानको लगातार दोस्रो हार। यो टी–२० मा भारतले सबैभन्दा कम योगफल रक्षा गरेको खेल पनि थियो।
पाकिस्तानका लागि मोहम्मद रिजवानले सबैभन्दा बढी ३१ रन बनाए। उनले ४४ बलमा १ चौका र १ छक्का प्रहार गरे।
इमाद वसीमले २३ बलमा १५ रन जोड्दा, कप्तान बाबर आजम, उस्मान खान र फखर जमानले समान १३–१३ रनको योगदान दिए। भारतका लागि जसप्रित बुमराहले ३ विकेट लिए भने हार्दिक पाण्ड्याले २ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले १९ ओभरमा सबै विकेट गुमाउँदै ११९ रन बनाएको थियो।
खेलमा भारतको सुरुवात खराब रहेको थियो। मात्र १२ रनमा विराट कोहली आउट भएका थिए भने १९ रनमा कप्तान रोहित शर्मा आउट भए। कोहलीले ४ रन मात्र बनाउन सके भने शर्माले १२ बलमा १३ रन बनाए। उनले १ चौका र १ छक्का प्रहार गरे।
त्यसपछि ऋषभ पन्त र अक्षर पटेलले भारतको इनिङ्स सम्हाले। दुईले मिलेर ३० बलमा ३९ रन जोडे। पन्तले टोलीका लागि सर्वाधिक ४२ रन बनाए। ३१ बलको सामना गर्दै उनले ६ चौका हिर्काए। अक्षर पटेलले १८ बलमा २० रन जोडे। उनले २ चौका र १ छक्का प्रहार गरे।
पन्तले त्यसपछि सूर्यकुमार यादवसँग २२ बलमा ३१ रनको साझेदारी गरे। तर त्यसपछि भारतले लगातार विकेट गुमाउन थाल्यो। पाकिस्तानका लागि नसिम शाह र ह्यारिस राउफले ३–३ विकेट लिए। शाहले ४ ओभर बलिङ गर्दै २१ रन मात्र खर्चिए। त्यस्तै, राउफले ३ ओभर बलिङ गर्दै २१ रन दिए। मोहम्मद आमिरले २ विकेट हात पारे।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.