सुनको मूल्य हालसम्मकै उच्च, बनायो एकपछि अर्को नयाँ रेकर्ड

बिहिबार, २४ जेठ २०८१, ११:४७ AM
post-image

काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १८ सय रुपैयाँले बढेर १ लाख ४४ हजार रुपैयाँ कायम भएको छ। त्यस्तै तेजाबी सुन १ लाख ४३ हजार ३०० रुपैयाँ पुगेको छ ।

यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।यसैगरी, तेजावी सुनको भाउ प्रतितोला १ लाख ४१ हजार ५०० रुपैयाँ पुगेको थियो । 

सुनको मूल्य यसअघि जेठ २२ गते मंगलबार सुनको मुल्यमा नयाँ रेकर्ड कामय भएको थियो । सो दिन छापावाल सुन प्रतितोला १ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, आज चाँदीको मूल्य पनि बढेको छ । आज तोलामा २५ रुपैयाँले बढेर चाँदी १८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि बुधबार चाँदीको मूल्य प्रतितोला १८ सय २५ रुपैयाँ रहेको थियो । 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}