सुनको भाउ नयाँ रेकर्डबाट तोलामा ५०० रुपैयाँले घट्यो

आज नेपाली बजारमा सुनको मुल्य घटेको छ ।

Artha Kendra Artha Kendra
बुधबार, २३ जेठ २०८१, ११:१२ AM
फन्ट
सुनको भाउ नयाँ रेकर्डबाट तोलामा ५०० रुपैयाँले घट्यो

काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य घटेको छ ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन ५०० रुपैयाँले घटेर प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ कायम भएको छ। त्यस्तै तेजाबी सुन १ लाख ४१ हजार ५०० रुपैयाँ पुगेको छ ।

यसअघि मंगलबार छापावाल सुन अहिलेसम्मकै उच्च १ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज (बुधबार) तोलामा ३५ रुपैयाँले घटेर चाँदी १८२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलबार चाँदीको भाउ प्रतितोला १८६० रुपैयाँ कायम रहेको थियो ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.