सुनको भाउ नयाँ रेकर्डबाट तोलामा ५०० रुपैयाँले घट्यो
काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य घटेको छ ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन ५०० रुपैयाँले घटेर प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ कायम भएको छ। त्यस्तै तेजाबी सुन १ लाख ४१ हजार ५०० रुपैयाँ पुगेको छ ।
यसअघि मंगलबार छापावाल सुन अहिलेसम्मकै उच्च १ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज (बुधबार) तोलामा ३५ रुपैयाँले घटेर चाँदी १८२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
मंगलबार चाँदीको भाउ प्रतितोला १८६० रुपैयाँ कायम रहेको थियो ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.