सुनको भाउ १७ सय रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आज नेपाली बजारमा सुनको मुल्य बढेको छ ।

Artha Kendra Artha Kendra
मंगलबार, २२ जेठ २०८१, ११:३३ AM
फन्ट
सुनको भाउ १७ सय रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य बढेको छ ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १७ सय रुपैयाँले बढेर १ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको छ। त्यस्तै तेजाबी सुन १ लाख ४२ हजार रुपैयाँ पुगेको छ ।

यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज तोलामा २५ रुपैयाँले बढेर चाँदी १८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.