लचिलो मौद्रिक नीति ल्याउँछौं : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति खुला र लचिलो ल्याउने बताएका छन् ।
आइतबार इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) ले आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो र तेस्रो त्रैमासिक समीक्षामा नै लचिलो कार्यदिशा अपनाएको बताए ।
उनले आगामी मौद्रिक नीतिमा पनि सरोकारवाला निकायहरुसँग आवश्यक छलफलको माध्यमबाट खुला मौद्रिक नीति ल्याउने जानकारी दिए । मौद्रिक नीतिका विषयमा छलफल शुरु गरेको भन्दै उनले कर्जा र ब्याजदर नै धेरैको चासोको विषय रहेको पनि बताए ।
नेपालको लगानी र पूँजीगत खर्च उत्पादनशील क्षेत्रमा नहुँदा समस्या भएको गभर्नर अधिकारीले बताए ।
‘उत्पादनशील क्षेत्रमा लगानी बढाउन राष्ट्र बैंकले लिएका नीति अनुसार बैंकको लगानी सही ठाउँमा सदुपयोग गर्न आवश्यक छ,’ उनले भने, ‘आगामी आवका लागि सरकारले ल्याएको बजेटमा धेरै कुरालाई ध्यान दिएर निजी क्षेत्रलाई केन्द्रमा राखेको छ । बजेटमा इमानदारी प्रयाससँगै बजेटमा निजी क्षेत्रलाई कसरी सँगै लैजान भन्ने विषयमा ध्यान दिएको छ ।’
उनले भने, ‘अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट इमान्दारीपूर्वक ल्याउनुभएको छ । सूचना प्रविधिमा सूचना केन्द्र, हब बनाउने विषय छन् । गत एक वर्षमा मात्रै ७० अर्ब प्रविधि निर्यात भएको कुरालाई आगामी दिनमा क्यास गर्न सकिन्छ कि भन्ने सोचबाट बजेटमा छ’।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.